घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत | Khabarhub Khabarhub

घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल ओलम्पिक कमिटीले सोमबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई स्वागत गरेको छ ।

सातदोबाटोस्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना दिँदै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय कमिटी र परिषदबीच सहकार्य गर्नुपर्नेमा जोड दिए ।

घिसिङले आफ्नो नियुक्तिसँगै राष्ट्रिय टिमको तयारी सुरु गर्ने निर्णय भइसकेको बताए । कार्यक्रममा ओलम्पिक कमिटीका अन्य प्रमुख पदाधिकारीको पनि उपस्थिति थियो ।

त्यसपछि कमिटी र परिषदबीच १९औं एसियाली खेलकुदमा नेपालको सहभागितालाई लिएर प्रारम्भिक छलफल भएको थियो । प्रतियोगिता चीनको हाङचोउमा सेप्टेम्बर १० देखि २५ सम्म हुनेछ ।

छलफलमा कमिटीका तर्फबाट अध्यक्ष श्रेष्ठ र परिषद्का तर्फबाट सदस्य सचिव घिसिङले सहभागिता जनाएका थिए ।

छलफलमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य पनि सहभागी भएका थिए । त्यस अवसरमा प्रतियोगितामा सहभागी हुने खेल र खेलाडीको संख्या पहिले निर्धारण गर्ने बारे छलफल भएको थियो ।

यस्तै नेपाल सहभागी हुनुपर्ने खेल, त्यसको सम्भावना तथा उच्च प्रदर्शनको आवश्यकतालाई लिएर छलफल भएको थियो । त्यस अवसरमा नेपाल सहभागी हुने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता बारे पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : ४९ बजे

रास्वपाको अवरोधपछि प्रधानमन्त्रीसँग प्रश्नउत्तर कार्यसूचीबाट हटाइयो 

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अवरोध गरेपछि

सचिवहरूको स्वार्थमा प्रधानमन्त्रीले संसद्‍मा अड्काइदिए निजामती सेवा विधेयक

काठमाडौं– पूर्वमुख्य सचिव विमल कोइरालाले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा

रास्वपालाई सभामुखको आग्रह- प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्नू

काठमाडौं – सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको

लुम्बिनी सरकारको बजेट विनियोजनप्रति कांग्रेस असन्तुष्ट

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा न्यायोचित ढंगले बजेट

औलोका सात जना बिरामी भेटिए

चितवन– चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी