जसले जुम मिटिङमार्फत एकै पटक ९०० कर्मचारी पदमुक्त गरे « Khabarhub

जसले जुम मिटिङमार्फत एकै पटक ९०० कर्मचारी पदमुक्त गरे


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय मूलका एक अमेरिकी मालिकले जुम वैठकमार्फत एकैपटक ९०० कर्मचारीलाई पदमुक्त गरेका छन् ।

धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका सीइओ विशाल गर्गले जुम मिटिङमार्फत ९०० कर्मचारी पदमुक्त गरेका हुन् । क्रिसमस आउनु केही दिनअघि उनले गरेको निर्णयलाई धेरैले क्रुर र स्वचेछाचारी भनेका छन् ।

कर्मचारीको कार्यसम्पादन चित्तबुझ्दो नभएको र बजारमा देखिएको परिवर्तनका कारण आफू कठोर निर्णयमा पुगेको गर्गले बताएका छन् । कर्मचारीले दिनमा दुई घण्टा काम गरेर आठ घण्टाभन्दा बढी काम गरेको दाबी गरेको त्यो सबैका लागि अनुत्पादक बनेको उनले बताएका छन् ।

आफ्नो निर्णयबाट आफैँ दुखी भएको उनले बताएका छन् । ‘पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ,’ जुम मिटिङमा गर्गले भनेका छन् । गर्गले कर्मचारी बरखास्त गरेको फर्चुन म्यागेजिनले पुष्टि गरेको छ । यसअघि बेटर डटकमले ७५ करोड अमेरिकी डलर मुनाफा गरेको विवरण सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १ : ५१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी