चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई छात्रवृत्ति दिने | Khabarhub Khabarhub

चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई छात्रवृत्ति दिने


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस बिषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् ।

प्रत्येक प्रदेशमा बीबीएम इ बिजनेश पढ्न चाहाने एक जना छात्रालाई पूर्ण निःशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फीमा शत प्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरी फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयु) भएको छ ।

समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् ।

चेम्बरसंगको सहकार्यमा फाउण्डेसनले स्नातक तहको पढाईका १ करोड १७ लाख रुपैँया सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष जलानले बताए ।

चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी आर्थिक सहयोग उपलव्ध गराउने बताए । लक्षित बर्गमा सो सहयोग रकम पुगोस भन्नेमा चेम्बर सजग रहेको मल्लको भनाइ छ ।

सूचना प्रविधिको विकाससंगै अवको दिनमा इ बिजनेश शिक्षा प्रभावकारी हुने जलानले बताए । खल्ती वालेटसंगको सहकार्यमा पढाई पुरा गरेका विद्यार्थीलाई रोजगारी समेत उपलव्ध गराउने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत सिईओ विनय खड्काले इ बिजनेशमा स्नातक तह पार गरेका विद्यार्थीलाई खल्तिले २ वर्षसम्म सशुल्क इन्टर्नसीपको व्यवस्था गराउने बताए। समझदारीपत्र हस्ताक्षर समारोहमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र शिक्षा समिति सभापति दिपक काजी तुलाधरको पनि सहभागिता थियो ।

 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ३० बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले