संस्थापन इतर समूहले सभापतिको टुंगो लगाउन सकेन « Khabarhub

संस्थापन इतर समूहले सभापतिको टुंगो लगाउन सकेन

शशांकको समर्थन पौडेललाई, शेखर र प्रकाशमानको दाबी यथावत


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साझा उम्मेदवार तय गर्ने भन्दै मंगलबार दिनभर गणेशमान भवन चाक्सीबारीमा भएको पौडेल पक्षीय नेताहरुको बैठकले साझा उम्मेदवार तय गर्न सकेन । सभापतिका चार आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालासहित केन्द्रीय सदस्यहरुको बैठक चाक्सीबारीमा बसेको थियो ।

बैठकमा महामन्त्री शशांक कोइरालाले आफ्नो समर्थन पौडेललाई रहेको भन्दै आफू सभापतिको उम्मेदवार नहुने घोषणा गरे । तर, प्रकाशमान सिंह र शेखर कोइरालाले भने दाबी नछाडेपछि मंगलबार सभापतिको टुंगो लाग्न सकेन । यसअघि ४ आकांक्षी भएकोमा अब सो समूहमा तीन आकांक्षी बाँकी रहेका छन् ।

डा. शेखर कोइरालाले आफू सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने बताए । खबरहबसँग कुरा गर्दै उनले आफ्नो दाबेदारी कायम रहेको बताए ।

बैठकपछि कांग्रेसका वरिष्ठ नेता पौडेलले साझा उम्मेदवारीको विषयमा सहमति नजिक पुगेको बताए । उनले केही प्रक्रियाहरू पूरा गरेर बुधबार साँझसम्ममा निर्णय सार्वजनिक गर्ने जानकारी दिए। महाधिवेशनमा कसरी पार्टी जोगाउन सक्छौँ भन्नेबारेमा छलफल गरेर एउटा निष्कर्षमा पुगेको उनको भनाइ छ ।

त्यस्तै कांग्रेस महामन्त्री शशांक कोइरालाले सहमतिका लागि आफू मार्गप्रसस्त गर्न तयार रहेको र अन्य नेताका बीचमा सहमति हुने बताए । पौडेल पक्षको बुधबार पनि बैठक बस्ने छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ०५ बजे

दुई सय केजी गाँजा बरामद

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ– पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि

यस्तो बन्दैछ जेन-जी शहीद स्मारक पार्क (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै