यज्ञ तथा हवनको सम्बन्ध ऊर्जा र पर्यावरणीय विज्ञानसँग « Khabarhub

यज्ञ तथा हवनको सम्बन्ध ऊर्जा र पर्यावरणीय विज्ञानसँग


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेददेखि लिएर पूजन पद्धतिसम्मको हरेक कार्यमा यज्ञ तथा हवनको महत्व उल्लेख गरिएको छ । यज्ञलाई सनातन संस्कृतिको एक महत्वपूर्ण हिस्सा मानिन्छ ।

यद्यपि, यो कुनै धार्मिक काम मात्र नभएर यज्ञ एक महत्वपूर्ण विज्ञान पनि हो । यज्ञका लागि जुन रुखको काठ तथा अन्य चिजको प्रयोग गरिन्छ, त्यसमा विशेष प्रकारको गुण रहेको हुन्छ । यज्ञमा प्रयोग हुने यस्ता हरेक सामग्रीको वैज्ञानिक महत्व रहने गरेको छ । यस्ता सामग्रीको समिश्रणबाट विशेष गुण तयार हुन्छ र जल्ने क्रममा वायुमण्डलमा विशिष्ट प्रभाव उत्पन्न हुनेगर्छ । वेद मन्त्रहरुको उच्चारणको शक्तिबाट उक्त प्रभाव अझ बढ्ने गर्छ ।

जुन व्यक्ति यज्ञामा सहभागी हुन्छ । उनीहरुमाथि तथा नजिकको वायुमण्डलमा यसको धेरै प्रभाव पर्छ । वैज्ञानिकहरुले अहिलेसम्म कृतिम वर्षा गर्ने कार्यमा सफलता प्राप्त गर्न सकेका छैनन् । तर यज्ञद्वारा वर्षा गर्न सफल भएका थुप्रै घटना छन् । सुख, समृद्धि, वर्षा, आरोग्य, शान्तिका लागि ठूला–ठूला यज्ञको आवश्यकता पर्दछ । यद्यपि, साना हवन कार्यले पनि मानिसलाई आफ्नो सीमा तथा मर्यादा भित्रको कार्यमा लाभ प्रदान गर्ने गर्दछ ।

यज्ञमा औषधिका रुपमा प्रयोग हुने रुखका टुक्रा, जौँ, तिल, गाईंको दूधबाट बनेको घिऊ र करिब ५५ किसिमको फरक फरक औषधिबाट हवन गर्ने परम्परा रहेको छ । यी औषधिले पर्यावरणमा सकारात्मक ऊर्जाको निर्माण गर्दछ । साथै थुप्रै किसिमका रोग फैलाउने किटाणुलाई नष्ट गर्न पनि सहयोगी भूमिका खेल्दछ । प्रकृतिलाई सन्तुलित राख्न तथा वातावरणलाई दुषित हुनबाट यज्ञ कार्यले बचाउने धार्मिक शास्त्रका साथै वैज्ञानिक अध्ययनले देखाएका छन् ।

यज्ञ र हवनमा के फरक ?
हवन यज्ञको एक छोटो रुप हो । कुनै पनि पूजा तथा जप आदि कार्यपछि अग्निमा दिइने आहुति प्रक्रिया हवनको रुपमा प्रचलित छ । यज्ञ भने कुनै खास उद्देश्यले देवता विशेषलाई दिइने आहुति हो । यसमा देवता, आहुति, वेद मन्त्र, ऋत्विक, दक्षिणा अनिवार्य रहेको हुन्छ । हवन हिन्दू धर्ममा शुद्धीकरणको एक कर्मकाण्ड हो । कुण्डमा अग्निको माध्यमबाट देवताको नजिक हवि (यज्ञको अग्निकुण्डमा आहुति दिइने पदार्थ, घिउ, चरु आदि हवनीय द्रव्य) पुर्‍याउने प्रक्रियालाई हवन भनिन्छ ।

हवनकुण्डमा अग्नि प्रज्वलित गरेपछि उक्त पवित्र अग्निमा फल, घिऊ, काठ (दाउरा) आदि चिजको आहुति दिइन्छ । यदि तपाईंको आसपास कुनै नराम्रो आत्मा आदिको प्रभाव रहेको छ भने हवन प्रक्रियाबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । शुभकामना, स्वास्थ्इ एवं समृद्धिका लागि हवन गरिन्छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : ३५ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन