कार्यालयमा मोबाइल चार्ज गरे बिजुली चोरीको आरोप लगाइने | Khabarhub Khabarhub

कार्यालयमा मोबाइल चार्ज गरे बिजुली चोरीको आरोप लगाइने


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निजी क्षेत्रका संस्थामा काम गर्ने अधिकांश कर्मचारीले हाकिमले कुरा नसुन्ने र कार्यालयमा हुने विभिन्न प्रकारका कडाइका बारेमा गुनासो गर्छन् । कार्यालयमा हुने कामको चापमा हाकिमले लगाउने अनौठो नियमका कारण ती क्षेत्रमा काम गर्ने कर्मचारी आजित हुन्छन् । यस्तैमा एक संस्थामा हाकिमले जारी गरेको अनौठो नियम अहिले चर्चामा छ ।

सामाजिक सञ्जाल रेडिटमा एक पोस्टर भाइरल बनेको छ । यस पोस्टरमा एक संस्थाका हाकिमले आफ्नो कार्यालउका कर्मचारीलाई कार्यालयमा मोबाइल चार्ज गर्न प्रतिबन्ध लगाएका छन् । यसका साथै ती हाकिमले कुनै पनि कर्मचारीले कार्यालयमा मोबाइल चार्ज गरेमा तलब काट्ने चेतावनी समेत दिएका छन् ।

भाइरल पोस्टरमा लेखिएको छ, कोही पनि कर्मचारीले कार्यालयमा आफ्नो मोबाइल फोन वा कुनै पनि प्रकारको विद्युतीय उपकरण चार्ज नगर्नुहोस् । अन्यथा यसलाई बिजुली चोरी मानिने छ । जो कोही कर्मचारीले यसो गर्छन् उसको तलबमा कटौती गरिने छ । त्यसैले कार्यालयमा आफ्नो फोन स्विच अफ राख्नुहोस् ।

यो पोष्टर साामाजिक सञ्जालमा भाइरल बनेको छ । अधिकांश सामाजिक सञ्जालका प्रयोगकर्ताले ती हाकिमको आलोचना गरेका छन् । यस्तै कतिपयले फोन चार्ज गर्नु बिजुली चोरी हुने भए कर्मचारीलाई ओभरटाइम गराउनु पनि बिजुलीको गलत प्रयोग हुने तर्क गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : ४४ बजे

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, चुनावको विषयमा छलफल

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

टोकियो– जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी

विगतका निर्णय उल्टाउन माग गर्दै डा. केसीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले विगतमा स्वार्थ समूहको

जेन-जी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका नाममा