महात्मा विदुरका ७ अमर वाणीहरु « Khabarhub

महात्मा विदुरका ७ अमर वाणीहरु


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१) विद्वान्को सेवा गर्ने मानस, चिकित्सक, धर्मपरायण, राम्रो, मृदुभाषी र मैत्रीभाव हुने मानिसहरुको सधैँ रक्षा गर्नुपर्दछ ।

२) मन, वचन र कर्मले मानिस जुन विषयको बारम्बार ध्यान गर्छ, त्यसैले उसलाई आफूतिर आकर्षित गर्दछ । अत: सधैँ असल काम मात्र गर्नुपर्दछ ।

३) जो शक्तिहीन छन् तिनलाई यसै क्षमा गरिदिनु पर्दछ, किनकि यसका अतिरिक्त अर्को उपाय नै छैन । बलवानको धर्म नै क्षमा गर्नु हो । मध्यम श्रेणीका व्यक्तिहरुलाई जसका लागि अर्थ र अनर्थ दुवै एकै हुन्छन् तिनलाई क्षमा गर्नु सधैँ हितकर हुन्छ ।

४) परिश्रम, संयम, धैर्य, चतुर्‍याइँ, स्मरणशक्ति तथा राम्रोसँग सोचविचार गरी काम शुरु गर्ने प्रवृत्ति सम्पन्नता र उन्नतिका मूल हुन् ।

५) कामवेग  भोकको अग्निलाई धैर्यपूर्वक सहनु । आँखाको सहयोग लिई हातखुट्टालाई गलत काममा लाग्नबाट जोगाउनु । मनको सङ्कल्पबाट आँखा र कानलाई नराम्रो काममा लाग्नबाट बचाउनु तथा सत्कर्मद्वारा मन र वाणीमा संयम राख्ने प्रयत्न गर्नु ।

६) जुन आचरण व्यवहार आफ्नो प्रतिकूल हुन्छ, त्यस्तै अरूसँग गर्नु हुँदैन- यही धर्मको सार हो । यसको विपरीत आचरण जो विशेष प्रयोजनले प्रेरित छ, अधर्म हो ।

७) जोसँग हजार रुपैयाँ छ ती पनि जीवन यापन गर्छन् र जो सँग सय रुपैयाँ छ ती पनि जीवन यापन गर्छन् । अत: महाराज धृतराष्ट्र ! तपाईं धेरैको लोभ त्यागिदिनुस् । धेरै सम्पत्ति नहुँदा पनि जीवन राम्रैसँग चल्दछ ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : १४ बजे

कामपाद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

काठमाडौं– नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि

चुनावमा अन्तर्घात : बारा जिल्ला सभापति राजेश राय कांग्रेसबाट निलम्बन

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघनसम्बन्धी विभिन्न

लेबनानमा एकजना संयुक्त राष्ट्र शान्ति सैनिकको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा संयुक्त राष्ट्र (युएन) का एकजना शान्ति सैनिकको

गर्मीमा नवजात शिशुको स्याहार कसरी गर्ने ? 

काठमाडौं– गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य र छालाको विशेष रेखदेख