पिएम कप क्रिकेट– कर्णालीविरुद्ध पुलिसको फराकिलो जीत | Khabarhub Khabarhub

पिएम कप क्रिकेट– कर्णालीविरुद्ध पुलिसको फराकिलो जीत


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले जीत हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा ‘म्याट’ पीचमा खेलाइएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले दिएको १ सय ८६ रनको लक्ष्य पाएको कणार्ली प्रदेशले २७ ओभरमा सबै विकेट गुमाएर ९१ रन मात्रै बनाउन सक्यो ।

कणार्लीलाई ९१ रनमा समेट्न आसिफ शेख र ललित नारायण राजवंशीले उत्कृष्ट बलिङ गरे । कर्णालीका लागि सुशान्त थापाले २९ रन बनाएका थिए भने महेश खत्र्रीले १७ रन बनाउँदा दिनेश अधिकारीले १६ रन जोडेका थिए ।

कर्णालीविरुद्ध आसिफले १० ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट लिए । त्यस्तै, ललितले ३ ओभर बलिङ गरेर ७ रन खर्चेर ३ विकेट लिए भने सागर ढकाल, पवन शरार्फ र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको पुलिस क्लबका लागि दिलीप नाथ र कुसल भुर्तेलले अर्धशतक प्रहार गरे । जसमा दीलिपले ७२ रन र कुसलले ६२ रन बनाएका थिए ।

पुलिसविरुद्ध कर्णालीका सुदन पोखरेलले ५ विकेट लिए भने दीवानले २ विकेट लिँदा कप्तान रविन्द्र शाही र दिनेश अधिकारीले समान एक–एक विकेट लिए ।

जीतसँगै पलिसले अंक तालिकामा २ अंक पाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ५ : ०५ बजे

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर