राप्रपामा केन्द्रीय कमिटी बैठक बस्दै | Khabarhub Khabarhub

राप्रपामा केन्द्रीय कमिटी बैठक बस्दै


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपाले एक साताअघि एकताको नाम दिएर महाधिवेशन सम्पन्न गरेको छ ।

एक साताअघि बुधबार भृकुटीमण्डपमा आयोजित महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेका तत्कालीन अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनबाट आउने जस्तोसुकै परिणाम स्वीकार्ने र पार्टीलाई एकताबद्ध भएर लैजाने घोषणा गरे ।

उद्घाटनसत्रमै अध्यक्षको उम्मेदवार रहेका राजेन्द्र लिङ्देनले पनि एकता महाधिवेशनपछि पार्टी एक ढिक्का भएर अघि बढ्ने र आउने नेतृत्वले पार्टीको एजेण्डा स्थापित गराउनुपर्नेमा जोड दिए ।

तर, चार दिनपछि आइतबार आएको महाधिवेशन परिणामले कमल थापालाई पराजित गरेर राजेन्द्र लिङ्देनलाई विजयी गराएपछि नेताहरू आफ्नै वाचाविपरीत हिँड्न थालेका छन् ।

परिणाम आएसँगै आफूलाई पराजित गर्न पूर्वराजा ज्ञानेन्द्र शाह लागिपरेको आरोप लगाएका थापाले आइतबार नै आयोजित नवनिर्वाचित पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम बहिस्कार गरेर राप्रपामा आफ्नो गुट कायम रहेको सन्देश दिएका छन् ।

निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने नवनिर्वाचित पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा सहभागी भएर परिणाम स्वीकारेर पार्टीको एजेण्डा स्थापित गराउन सबै नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरे ।

तर, महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको परिणाम स्वीकारेको बताएका थापाले मंगलबार आफूपक्षधर नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सार्वजनिक कार्यक्रम गरेर बधाई र शुभकामना दिएका थिए ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा बुधबार मध्यान्ह साढे १२ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर, थापा पक्षधर पनि बैठकमा सहभागी हुने भएका छन् । थापानिकट नेताको रूपमा चिनिएका नवनिर्वाचित केन्द्रीय सदस्य गोपाल पौडेलका अनुसार आफूहरू बैठकमा सहभागी हुने जानकारी दिए ।

‘आज साढे १२ बजे बैठक बोलाइएको छ । हामी जानेछौँ,’ उनले भने । तर, थापा भने जाने सम्भावना कम रहेको देखिन्छ । थापालाई बैठकमा आमन्त्रण गरिएको बताइएको छ । तर, केन्द्रीय समिति सदस्यसमेत नरहेका थापा बैठकमा जानुपर्ने नै नरहेको नेता पौडेलले बताए ।

‘उहाँ(थापा) केन्द्रीय सदस्य हुनुहुन्न । बैठकले मनोनीत पनि गरेको छैन । बैठकमा जानुपर्छ भन्ने नै रहने नि’, पौडेलले भने ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १२ : २५ बजे

भक्तपुरमा ब्रह्मायणी जात्राको रौनक

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

ब्राजिलमा डढेलोले दुई करोड २० लाख हेक्टर वन क्षेत्र जलेर नष्ट

ब्रासिलिया – ब्राजिलको वन क्षेत्र डढेलोबाट प्रभावित भएको र यस

विजयादशमीका दिन आज पोखरामा निःशुल्क बस सञ्चालन

कास्की – विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क

भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा दशैँको शुभकामना

नयाँदिल्ली– भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा