शेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्दै | Khabarhub Khabarhub

शेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्दै


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा ५० भन्दा पनि बढी अंकले घटेको छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर दुई हजार चार सय ५५ दशमलव ८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज दुई सय २६ कम्पनीको ६ लाख ५६ हजार नौ सय ४७ कित्ता शेयर कारोबार हुँदा कूल दुई अर्ब ६६ करोड ३९ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । यो कम्पनीको ११ करोड ८८ लाखभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएका छन् । सबै सूचकमा शून्य दशमलव ७५ प्रतिशतदेखि झण्डै चार प्रतिशतसम्म गिरावट आएको छ । नेप्सेका अनुसार कारोबारमा आएका सात वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ८१ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यस्तै, एउटा कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।

स्ट्याण्डरर्ड चार्टड बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको शेयर मूल्य एक दशमलव ९४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार सामुदायिक लघुवित्त र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयर मूल्य करिब आठ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ३ : ४३ बजे

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं – नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना