जर्मन चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित, १६ वर्षपछि सत्ताबाट बाहिरिइन् मर्केल « Khabarhub

जर्मन चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित, १६ वर्षपछि सत्ताबाट बाहिरिइन् मर्केल


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  जर्मनीको संसद (बुन्डेस्टाग)ले  ओलाफ स्कोल्जलाई चान्सलर निर्वाचित गरेको छ ।

सोशल डेमोक्रेट ओलाफ बुधबार देशको चान्सलरका रुपमा संसदबाट चुनिएका हुन् । सोशल डेमोक्रेट्स, ग्रीन्स र लिबरल फ्रि डेमोक्रेट्सको गठबन्धनबाट ओलाफ राष्ट्र प्रमुख बनेका हुन् । जर्मनीमा संघीयस्तरमा गठबन्धन सरकार बनेको यो पहिलो पटक हो ।

यससँगै जर्मनीमा एन्जेला मर्केलको युग समाप्त भएको छ । १६ वर्ष शासन गरेकी मर्केल सत्ताबाट बाहिरिएकी छन् । ओलाफको आगमनलाई बर्लिनमा मर्केल नेतृत्वको रुढीवादी शासनको आवसान र जर्मन तथा युरोपीय राजनीतिमा एक नयाँ राजनीतिक युगको सुरुवात भनिएको छ ।

ओलाफको सत्ता गठबन्धनले सामाजिक न्याय, कार्बन उत्सर्जनमा कटौतीका प्रयासमा तीव्रता ल्याउने र वित्तीय अनुशासनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ३ : ५९ बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको