विवाह पञ्चमीको मुख्य दिन, दिउँसो स्वयम्वर, साँझ विवाह « Khabarhub

विवाह पञ्चमीको मुख्य दिन, दिउँसो स्वयम्वर, साँझ विवाह


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सव मुख्य दिन बुधबार दिउँसो स्वयम्वर सम्पन्न भएको छ । दिउँसो १ बजे जनकपुरधामस्थित जानकी मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी नगरपरिक्रममा पश्चात रङ्गभूमिमा पुर्‍याइएको थियो । सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा लगिएको थियो ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता र रामलाई जानकी मन्दिरमा ल्याई बुधबार साँझ मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।

सो अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन सहभागी भएका थिए । रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको झभल्को दिएको थियो ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालु जनकपुरधाम आएका छन् । स्वयम्वर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको सङख्यामा श्रद्धालु भक्तजनको भीड लागेको छ । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्प वृष्टि गरेको थियो ।रासस

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ३० बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर