विवाह पञ्चमी : आज रामकलेवा विधिपछि सकिने « Khabarhub

विवाह पञ्चमी : आज रामकलेवा विधिपछि सकिने


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी आज सकिने भएको छ ।

आज रामकलेवा विधिपश्चात साताव्यापी विवाह पञ्चमी समापन हुनेछ । जन्तीको रुपमा भगवान् रामको जन्मभूमि भारतको अयोध्या र अन्य स्थानबाट आएका साधु सन्तलाई भोज खुवाउने र दक्षिणासहित बिदाइ गर्नुलाई रामकलेवा विधि भनिन्छ ।

आज सामूहिक भोजका लागि जानकी मन्दिरमा ३६ व्यञ्जनको भोजको तयारी गरिएको छ । रामकलेवाको क्रममा भारतबाट आएका साधु सन्तलाई जनकपुरकी महिलाहरुले गीतका माध्यमले गाली गर्नुका साथै मनोरञ्जन गराउने परम्परा रहेको छ ।

यसअघि जनकपुरस्थित जानकी मन्दिरमा वैदिक परम्परा अनुसार भगवान् राम र सिताबिच प्रतिकात्मक विवाह सम्पन्न भएको छ । गएराति त्रेता युगमा जस्तै राम र सिताको विवाह गरिदिएर विवाह पञ्चमी मनाइएको हो । विवाह समारोहमा लाखौँ श्रद्धालु सहभागी थिए ।

साधु सन्तको अगुवाइमा झाँकी कीर्तनसहित राम मन्दिरबाट रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर हिजो दिउँसो बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयंवर गरिएको थियो । ढोल पिपही, सहनाई, व्यान्ड बाजा र पञ्चेबाजासहित छुटा-छुट्टै निस्केको दुवै डोली बाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयंवर गरिएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ९ : ३९ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो