रत्नपार्कमा सबै धर्मावलम्बीलाई स्वीकार हुने धार्मिक संरचना निर्माणको माग « Khabarhub

रत्नपार्कमा सबै धर्मावलम्बीलाई स्वीकार हुने धार्मिक संरचना निर्माणको माग


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले दिक्तेलको रत्नपार्कमा सबै धर्मावलम्बीलाई मान्य हुने धार्मिक संरचना निर्माणको माग गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कमा निर्माणाधीन सपिङ सेन्टर तथा चिल्ड्रेन पार्क नजिकैको सार्वजनिक जग्गामा हिन्दु धर्मलाई मात्र लक्ष्यित गर्दै मन्दिर बनाउन लागिएको भन्दै जनजाति महासंघले सबै धर्मावलम्बीलाई स्वीकार हुने संरचना निर्माणको माग गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै जनजाती महासंघले सबै धर्मावलम्बीलाई मान्य हुने विकल्प खोज्न आग्रह गरेको छ ।

आफ्नो मागलाई बेवास्ता गरे आन्दोलनका कार्यक्रम सार्वजनिक गरी पूर्णरुपमा संघर्षमा उत्रने आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका सचिव उदिम चाम्लिङले चेतावनी दिए ।

आदिवासी जनजाति प्रमाणीकरण गर्ने अधिकारमा दावी

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले आदिवासी जानजाति प्रमाणीकरणको अधिकार आफूले पाउनुपर्ने माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाललाई ज्ञापनपत्र बुझाउँदै महासंघले नेपाल सरकार २५ माघ २०५८ को राजपत्र भाग–२ मा प्रकाशित र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा उल्लेखित भए बमोजिम आदिवासी जनजातीका लागि सिफारीस दिने वा प्रमाणित गर्ने अधिकार आफूले पाउनुपर्ने दाबी गरेको हो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १२ : १५ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल