माओवादीले प्रदेश कमिटीमा पदाधिकारी संख्या बढाउने « Khabarhub

माओवादीले प्रदेश कमिटीमा पदाधिकारी संख्या बढाउने


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रदेश कमिटीका पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले प्रदेशमा पदाधिकारीको संख्या ७ जनाबाट बढाएर ९ जना बनाउने निर्णय प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

अब माओवादी केन्द्रको प्रदेश कमिटीमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहने उनले जानकारी दिए।

बैठकले केन्द्रीय सदस्यलाई प्रदेश तहमा जान जोड नदिने तर स्वच्छाले जान चाहनेलाई नरोक्ने निर्णय पनि गरेको छ। त्यस्तै माओवादीले प्रदेश कमिटीमा सदस्यहरूको संख्या पनि बढाएको छ । जसअनुसार प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश कमिटी बन्ने प्रवक्ता महराले बताए।

त्यस्तै माओवादी प्रवेश गर्नेको लहर चलेको भन्दै माओवादी प्रवेश गर्नेको बिशेष अध्ययन गर्न देव गुरुङ, गिरीराजमणी पोखरेल र श्रीराम ढकालेको कार्यदल बनाएको उनले जानकारी दिए । माओवादी केन्द्रको प्रदेश सम्मेलन २५ गते हुँदैछ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ५ : ५८ बजे

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने