वेवारिसे अवस्थामा एक हप्ताका शिशु भेटिए « Khabarhub

वेवारिसे अवस्थामा एक हप्ताका शिशु भेटिए


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – पूर्वपश्चिम राजमार्गको सिराहा खण्ड छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन् ।

धनगढीमाई नगरपालिका-१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा बिहीबार राति नवजात शिशु रोइरहेको अवस्थामा फेला परेका हुन् । ‘बच्चा रोइरहेको अवस्थामा बटुवाले देखेपछि’ प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पुर्‍याइएको स्थानीय अरुण यादवले जानकारी दिएका छन् ।

शिशुको यसै हप्ता जन्म भएको हुन सक्ने आँकलन गरिएको छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन गरिएको छ । शिशु कपडामा गुटमुट्याएर राखेको अवस्थामा फेला परेका थिए ।

शिशु जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ३५ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी