क्याटरीना र विक्की कौशलले गरे बिहे « Khabarhub

क्याटरीना र विक्की कौशलले गरे बिहे


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री क्याटरीना कैफले बिहे गरेका छन् ।

यो जोडीले भारतको माधोपुरको सिक्स सेन्स पोर्ट बर्वारामा बिहीबार बिहे गरेका हुन् ।

भारतीय मिडियामा प्रसारित समाचार अनुसार यी दुईले बिहीवार स्थानीय समयअनुसार साँझ ५ बजे बिहे गरेका हुन् ।

यी दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बिहेका केही तस्वीर सार्वजनिक गरेर आफ्ना फ्यानलाई बिहेबारे जानकारी दिँदै खुशी व्यक्त गरेका छन् ।

विक्की र क्याटरीनालाई सामाजिक सञ्जालमार्फत फ्यानहरुले बधाई दिएका छन् ।

बलिउडमा केही समयदेखि विक्की र क्याटरीनाको बिहेको खबरले शीर्ष स्थान पाएको थियो । यी दुईको बिहेका बारे विभिन्न खबर बाहिरिएका थिए ।

बिहेमा क्याटरीनाले रातो लेहेंगा लगाएकी थिइन् भने विक्कीले सेतो शेरवानी लगाएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : २७ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज