मुगुका आगलागी पीडितलाई चार लाखसम्म नगदै राहत दिने निर्णय « Khabarhub

मुगुका आगलागी पीडितलाई चार लाखसम्म नगदै राहत दिने निर्णय


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- कर्णाली सरकारले मुगुका आगलागी पीडितलाई नगद रकम राहत उपलव्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले क्षतिको अवस्था हेरेर २५ हजारदेखि चार लाखसम्म राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो ।

आगालागीबाट विस्थापित भएका ८५ परिवारलाई ६१ लाख ८५ हजार रूपैयाँ राहतस्वरुप प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृति दिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए ।

उनकाअनुसार घरधनीसहित घरभाडामा बस्ने र व्यवसायीलाई समेत दुई किस्तामा राहत दिइनेछ ।

पूर्ण घरक्षतितर्फ १० लाखसम्म क्षति भएकाले एक लाख, ११ देखि ५० लाखसम्म क्षति भएकाले एक लाख पचास हजार, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकाले दुई लाख, एक करोडदेखि एक करोड पचास लाखसम्म क्षति भएकाले दुई लाख पचास हजार, एक करोड ५१ लाखदेखि तीन करोडसम्म क्षति भएकाले तीन लाख ५० हजार र तीन करोडभन्दा माथि क्षति भएकाले चार लाख राहत रकम पाउने छन् ।

यस्तै, आंशिक घर क्षतितर्फ एक लाख क्षति भएकाले २५ हजार,  २७ लाखदेखि ५० लाखसम्म क्षति भएकाले ५० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले एकमुष्ट ७५ हजार राहत पाउने प्रवक्ता विष्टले बताए ।

आगलागीबाट क्षति भएका व्यवसायीहरूतर्फ भने २० लाखसम्म क्षति भएकाले ३० हजार, २१ लाखदेखि ४५ लाखसम्म क्षति भएकाले ५० हजार, ४६ लाखदेखि ७० लाखसम्म क्षति भएकाले ७५ हजार र एक करोडभन्दा माथि क्षति भएकाले एक लाख राहत रकम पाउने छन् ।

तर, घरभाडा बस्नेलाई भने १० लाखसम्मको क्षति भएकाले २० हजार, २० लाखदेखि ५० हजारसम्म क्षति भएकाले ४० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले ६० हजार रकम पाउने निर्णय प्रदेश सरकारले गरेको छ ।

गत २९ कार्तिकमा छायाँनाथ रारा नगरपालिका-१ को गमगढी बजारमा आगलागी हुँदा २१ घरमा क्षति पुगेको थियो । आगलागीबाट घरभाडामा बस्ने ३५, व्यवसायी २६, पूर्ण घरक्षति २० र आंशिक घर क्षति भएका चार जना विस्थापित भएको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : ४५ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको