कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ : ओली « Khabarhub

कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ : ओली


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् ।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए ।  देश बनाउन विषयमा कांग्रेससँग एमाले रहेको उनको भनाइ छ ।

ओलीले नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताएका छन् । उनले यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिए ।

ओलीले आफू कसैप्रति आलोचना नगर्ने बताउँदै देशमा धेरै परिवर्तन भएको उल्लेख गरे । ओलीले देश अन्धकारमै नरहेको उल्लेख गरे । कांग्रेस र एमालेको नेतृत्वले नै देशलाई सही दिशामा अघि बढाएको बताए ।

कांग्रेस आर्काको एजेण्डमा नहिडोस्

ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरेका छन् । उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिड्न छाड्नु पर्छ । आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’

कांग्रेसको महाधिवेशनमा आउनुअघि एमाले अध्यक्ष ओली प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टी कार्यक्रममा सहभागी थिए । उनी त्यहाँबाट कांग्रेसलाई सम्झाउन जान्छु भन्दै निस्किएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ४ : ४२ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य