कांग्रेसको मञ्चमा ‘नयाँ बाछो’ले दिएको चुनौती ! « Khabarhub

कांग्रेसको मञ्चमा ‘नयाँ बाछो’ले दिएको चुनौती !


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भएको छ । कांग्रेस देशको नेतृत्व गरिरहेको मुख्य राजनीतिक घटक भएकाले आम रुपमा चासो रहेको महाधिवेशनमा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले मञ्च शेयर गरेका थिए ।

साना राजनीतिक दलदेखि अधिकांश दलले शुभकामना दिएको कार्यक्रममा चर्चामा रहे संसदमा एक सिट रहेकाको राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन ।

केही दिन अघि मात्र सकिएको एकता महाधिवेशनमा चिर परिचत अनुहार कमल थापालाई पराजित गरेर पूर्व पञ्चहरुको पार्टीको अध्यक्ष बनेका राजेन्द्र लिङ्देन कांग्रेस महाधिवेशनमा चर्चाका पात्र बने ।

खासै लामो भाषण नगरेका उनीमाथि वामपन्थी पार्टीहरुले चर्को आलोचना गरे । एक अर्थमा भन्ने हो भने ‘नयाँ जन्मिएको बाछो’ ले ठूला भनिएका राजनीतिक दलहरुलाई चुनौती दियो, कांग्रेस महाधिवेशनमा ।

देशको राजनीति लिक बाहिर गएको भन्दै गणतन्त्रवादी नेताहरुलाई उनले चुनौती दिए । नेताहरु गाउँ जाँदा ‘कुन चोर आएछ ?’ भन्ने गरेको उनको अभिव्यक्तिमाथि नेताहरु क्रुद्ध बने ।

वंश परम्परामा आधारित शासन प्रणाली आवश्यक रहेको लिङ्देनको भनाइमाथि नेताहरुले टिप्पणी गरे ।

हुन त लिङ्देनलाई सांसद बनाउन एमाले अध्यक्ष ओलीकै सबैभन्दा ठूलो हात रहेको छ । उनको निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार उठाएन र लिङ्देनलाई साथ दिएको थियो । जसका कारण लिङ्देनले स्वतन्त्र सांसदको हैसियतमै सही राप्रपाको विउ संसदमा जोगाए र कालान्तरमा पार्टी नेतृत्व नै हत्याउन सफल भए ।

नेताहरुलाई घुमाउरो पारामा ‘चोर’ बताएका लिङ्देनलाई ओलीले भर्खर जन्मिएको बाछोको संज्ञा दिए । ओलीले लिङ्देनमा भर्खर भर्खर पार्टी अध्यक्ष बनेको रापताप देखिएको टिप्पणी गरे । ओलीले भने, ‘हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई। भर्खर भर्खरको बाछो हिँड्न जान्दैन, अलि बढी कुद्छ। भर्खर भर्खर सभापति भएको अलि बढी रापताप होला। अलि समयमा ठिकमा आउलान् भन्ने मलाई लाग्छ।’

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि लिङ्देनको आलोचना गरे ।

उनले भनेका थिए ‘यसअघिका एकजना वक्ताले नेताहरु गाउँ आए भने गाउँमा चोर आए भन्छन् भन्नुभयो, तपाईहरुले सुन्नुभयो । यो साँचो हो त ? होइन । गलत हो ।‘ यो केका निम्ति भनियो ? जतिबेला लोकतान्त्रिक राजनीतिक दल र लोकतन्त्रका लागि संघर्ष गरेका, शान्तिका निम्ति संघर्ष गरेका राजनीतिक दल र नेताहरुलाई बद्नाम गर्न खोजिन्छ, यस्तो भनिन्छ ।’

निरंकुशता र तानाशाही जन्माउने षडयन्त्रका रुपमा आफूले यसलाई बुझेको प्रचण्डको भनाइ थियो । ‘त्यहाँ निरंकुशता र तानाशाही जन्माउने षड्यन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ । कहीँ न कहीँ तानाशाही त्यसरी नै आउने गर्छ । त्सकारण हामी सर्तक हुन जरुरी छ ’ प्रचण्डले भने ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले त पूर्व राजालाई राजनीति गर्न मन लागे राजनीतिक दल खोल्न सुझाव दिए। नभए व्यापार गरेर बस्न उनको सुझाव थियो । ‘फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । नेपाली जनता ज्वालमुखीझैँ विस्फोटमा जाग्नेछन्’, नेता नेपालले भने ।

निर्मल निवासको सद्भाव !

राप्रपाको एकता महाधिवेशन अघिसम्म राप्रपा अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र हुनुपर्ने बताउँदै आएका थिए । तर, महाधिवेशनमा निर्मल निवासले खेलेर आफूलाई पराजित गरेको बताउने थापाको भनाइलाई शुक्रबार लिङ्देनको भनाइले कुनै रुपमा पुष्टि गरेको मान्ने मानिसहरु भृकुटीमण्डपमा भेटिएका थिए । निर्मल निवासको सद्भाव पाएर जितेका कारण ठूलो मञ्च पाएको बेलामा लिङ्देनले त्यसको ऋण तिरेको कार्यक्रममा सहभागी एक कांग्रेस कार्यकर्ताले बताए । न्यूजकारखाना

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : १३ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना