दाङमा ट्रमा सेन्टर निर्माण सुरू, साढे दुई वर्षमा सक्ने लक्ष्य « Khabarhub

दाङमा ट्रमा सेन्टर निर्माण सुरू, साढे दुई वर्षमा सक्ने लक्ष्य


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – सम्झौता भएको आठ महिनापछि दाङमा ट्रमा सेन्टरको निर्माण सुरू भएको छ । दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारले आफ्नै नीति कार्यक्रम र बजेटमा समावेश गर्दै आएको ट्रमा सेन्टर निर्माण हुन थालेको हो । लमही-४ स्थित लमही अस्पतालसँगै सटेको कृषि उपज संकलन तथा बिक्री केन्द्रले प्रयोग गर्दै आएको जग्गामा ट्रमा सेन्टरको निर्माण सुरू भएको हो ।

साढे दुई वर्षमा निर्माण सक्ने गरी लामा एण्ड गौरीशंकर हिमालयन कन्स्ट्रक्सन प्रालि कपनसँग २४ चैत २०७७ मा सम्झौता भएको थियो । जसअनुसार १९ करोड ४१ लाख ४१४ रुपैयाँको लगानीमा निर्माण हुने भनिएको ट्रमा सेन्टरको लागत इस्टिमेट २९ करोड २३ लाख ७६ हजार ३७ रुपैयाँ छ ।

ट्रमा सेन्टर निर्माण सुरू भएसँगै लुम्बिनी प्रदेशसभाका सांसदहरूको टोलीले दाङ पुगेर स्थलगत अनुगमन गरेको छ । प्रदेश सांसद रेवतीरमण शर्माको नेतृत्वमा स्थलगत अनुगमनका लागि टोली शुक्रबार लमही पुगेको थियो । टोलीमा नेताहरू रतनकुमार केसी, ध्रुवनारायण चौधरी, पवन शर्मा रिजाल, जगनारायण चौधरी, निरज थापा लगायत सहभागी थिए ।

स्थलगत अनुगमनपछि सांसद शर्माले समयमै निर्माण सम्पन्न हुनेमा आफूहरू आशावादी रहेको बताए । ‘जग्गाको टुंगो लाग्नासाथ काम सुरू गर्नुपर्थ्याे, तर बिलम्व हुन गयो, यद्यपि काम समयमै सम्पन्न हुनेमा हामी आशावादी छौं,’ उनले भने । ट्रमा सेन्टर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धी भएकाले निर्माण छिटो सकेर उपचार सेवा सुरू गर्नुपर्ने सांसद शर्माको भनाइ छ ।

यो ट्रमा सेन्टर लुम्बिनी प्रदेशको गौरवको आयोजना हो । यहाँ चारतलाको मुख्य भवन बन्ने छ भने चिकित्सकलाई बस्नको लागि आवास, चमेनागृहसहित शौचालय निर्माण हुनेछ । जसमा आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, बिरामी भर्ना कक्ष रहने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : ५२ बजे

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा

कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले