एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरमा बस्दै, यस्ता छन् कार्यसूची « Khabarhub

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरमा बस्दै, यस्ता छन् कार्यसूची


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक आज सुरु हुँदैछ ।

बैठक जर्मन हाउस गट्ठाघर भक्तपुरमा दिउँसो १ बजे सुरु हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले खबरहबलाई जानकारी दिए । केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशन स्थल सौराहामै बसेको थियो।

आजको बैठकमा मनोनीत हुने ३१ जना केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुने बताइएको छ । एमालेको विधान अनुसार पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुने व्यवस्था छ ।

बैठकमा महाधिवेशनको समीक्षा, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गर्ने विषयमा छलफल हुने बताइएको छ । विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानलाई पनि बैठकको कार्यसूची बनाइएको छ ।

एमालेको महाधिवेशन सम्पन्न भएको भए पनि जिल्ला र प्रदेशको अधिवेशन भएको छैन । आजको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गर्ने बताइएको छ । बैठक भोलिसम्म चल्नेछ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : ३७ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन