सिँचाइ आयोजना बनेपछि किसानलाई सहज « Khabarhub

सिँचाइ आयोजना बनेपछि किसानलाई सहज


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापा खेतीका लागि उपयुक्त जिल्ला मानिन्छ । धान खेतीका लागि त झापा प्रदेश १ उत्कृष्ट जिल्ला हो । झापामा वर्षमा दुई बाली धानसँगै अन्य खेती पनि हुने गरेको छ । विगतमा सिँचाइ अभावले हिउँदमा दक्षिणी क्षेत्रका किसानलाई खेतीका लागि निकै समस्या हुने गरेको थियो ।

तर, जिल्लामा सिँचाइको व्यवस्था क्रमशः हुन थालेपछि किसानलाई खेती गर्न सहज हुँदै गएको छ । वर्षौंदेखि सिँचाइको अभावमा खेती गर्न समस्या भोगिरहेका दक्षिण झापाका किसानहरू सिँचाई सञ्चालनले दुई बादली खेती लगाउन थालेका हुन् । विगत चार वर्षअघिदेखि निर्माण थालिका विभिन्न सिँचाइ योजनाहरू सम्पन्न हुँदै गएपछि विगतमा बाँझै रहेका खेतहरूमा पनि खेती हुन थालेको छ ।

पानीको अभावमा आधा समय बाँझो रहने जमिनमा सिँचाई योजना सञ्चालनमा आएपछि बाह्रै महिना खेती गर्न थालिएको गौरादहका किसान हरि राजवंशीले बताए । ‘पहिला त पानी नभएर कति खेत त बाँझै हुन्थे । तर, अहिले पानी आएपछि सहज भएको छ । खेती गर्न पाएका छौँ,’ उनले भने, ‘अब खेतीबाट पनि केही गर्न सकिन्छ भन्ने आस पलाएको छ ।’

सिँचाइ सुविधा भएपछि कृषकहरूले आकासे पानीको भर पर्नुपर्ने बाध्यता हटेको कृषक विष्णु अधिकारी बताउँछन् । ‘पहिला त हिउँदमा सक्नेले डिप बोरिङ गाडेर खेती गर्थे । नसक्नेले हिउँदमा खेती नै गर्दैन थिए,’ उनी भन्छन्, ‘सिँचाइ आएपछि त १२ महिना नै खेती हुन थालेको छ । गरिब किसानलाई पनि सहज भएको छ ।’

जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाका अनुसार झापामा ९० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ आवश्यक छ । आर्थिक वर्ष ०७७/०७८ को तथ्यांकअनुसार ५४ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाले जनाएको छ ।

गत वर्ष मात्र एक हजार हेक्टर क्षेत्रफल सिँचित क्षेत्रको रूपमा व्यवस्थित गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाका प्रमुख कृष्णप्रसाद राजवंशीले जानकारी दिए । संघीयता कार्यान्वयन यता सुरु भएका मुख्य सातवटा सिँचाइ योजनामध्ये चारवटा योजना करिब सम्पन्नको चरणमा पुगेको उनले बताए ।

उनका अनुसार डुडामारी-रामचन्द्रे सिँचाइ योजना, गेउरीया कृषि सुधार सिँचाइ योजना, हल्दिबारीको हर्चना कृषक सिँचाइ कुलो योजना र बुद्धशान्तिको हडिया-फूलवासा सिँचाइ योजनाको भौतिक संरचनाको निर्माणको काम सकिएको छ । अब चाँडै पानी छाडिने उनले बताए । यस्तै, देउनियाँ खोला सिँचाइ योजना, निन्दा-राजपैनी योजना, पालियापूर्व सिँचाइ योजनाको काम धमाधम भइरहेको उनले बताए । राजवंशीका अनुसार यी योजना पनि ५० देखि ७० प्रतिशतसम्म सम्पन्न भएको छ । कोरोना कहरका कारण आधा बजेट कटौती हुँदा कतिपय निर्माणधीन योजनामा प्रभाव परेको सिँचाइले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : ४१ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि