इसीडीका शिक्षकलाई तलब दिन स्थानीय तहलाई निर्देशन « Khabarhub

इसीडीका शिक्षकलाई तलब दिन स्थानीय तहलाई निर्देशन


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (इसिडी शिक्षक)लाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताएका छन् । सोमबार शिक्षक महासंघका पदाधिकारीहरुसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको जानकारी दिएका हुन्।

‘इसीडीका शिक्षकहरुले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो छ,’ उनले भने, ‘सरकारले गरेको निर्णय कडाई पूर्वक लागू गराउन स्थानीय तहलाई निर्देशन दिएका छौं ।’

देशका कुन कुन स्थानीय तहले पालना गरेको छैन, त्यसको तथ्यांक संकलन गरी अनुगमन तथा समन्वयका लागि शिक्षा, समन्वय इकाइका प्रमुखलाई निर्देशन दिएको पनि जानकारी गराए ।

‘देशका धेरै स्थानीयले सरकारको निर्णयअनुसार तलब दिएका छन्’ उनले भने ‘ अन्यमन्त्रालयसँग समन्वय गरी परिपत्र गर्छौँ ।’
यसअघिको सरकारले प्रस्तुत गरेको बजेटमा विद्यालय कर्मचारी र बाल विकास शिक्षकको न्युनतम पारिश्रमिक १५ हजार पु¥याउने उल्लेख गरेको थियो ।

देशका विभिन्न स्थानीय तहमा आफूले बुझेको भन्दै धेरै जसो स्थानीय तहले सरकारको निर्णय पालना गरेको मन्त्री पौडेलले बताए ।
शिक्षक अस्पतालको डीपीआर तयार गरि छिटो ल्याउन समितिलाई निर्देशन दिएको भन्दै चाँडै अर्थमन्त्रालयबाट आवश्यक बजेट माग गर्ने बताए ।

‘मन्त्रालयले गर्न सक्ने विषयहरु हामीले खोजेर ल्याउँछौं’, उनले भने, ‘छोटो समयमा गर्न सक्ने काम अब रोकिँदैनन् ।’

वार्ताका क्रममा मन्त्री पौडेलले शिक्षक सेवा आयोगको विज्ञापन यही महिनाको अन्तिमसम्म निकाल्न निर्देशन दिएको बताउँदै शिक्षकको आन्तरिक बढुवा पनि हुने बताए ।

शिक्षकहरुका मागमा आफू सकरात्मक रहेको बताउँदै मन्त्रालय, क्याबिनेट र संविधान संशोधन मार्फत टुंग्याउने विषयलाई टिपोर्ट गरी ल्याउन निर्देशन दिनुभयो ।

संघीय शिक्षा ऐन जारी गर्ने तयारी सरकारको रहेको भन्दै शिक्षकहरुका समस्यालाई टिर्पोट गरिदिन उनले आग्रह गरे । ‘हामी भेटघाटमा भन्दा ठोस काम गर्नेमा लागेका छौ,’ उनले भने, ‘संघीय शिक्षा ऐन ल्याउँछौं त्यसमा तपाईंहरुको माग समावेश हुन्छन् ।’

मन्त्री पौडेलले शैक्षिक सुधारका लागि आन्दोलनभन्दा टेबलमा आउनुपर्ने बताउँदै सामूहिक प्रयासपछि मात्रै शिक्षामा सुधार हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : २१ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा