बिहीबार र शुक्रबार छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला हुँदै « Khabarhub

बिहीबार र शुक्रबार छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला हुँदै


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘स्टडी इन नेपाल’भन्ने मूलनाराका साथ आगामी बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आई. टी. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ ।

युनिभर्सल थट कन्सल्टले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रबार) काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआईटी, बीबीए, बीएससी, सीएसआईटी, बीएलटी, बीआईएम, बीएचएम, बीबीआईएस, बीटीटीएम, बीबीएम, बी एचटीएम, बीएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिई, बीडीएफइन, बीडीइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३० शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकाले जानकारी गराएको छ ।

नेपालमै व्यवस्थापन तथा आई.टी. तर्फ उच्चशिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको छ ।

छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका पाँचहजार विद्यार्थीको सहभागिता रहने यूटीसीका कार्यकारी निर्देशक राजेश बुद्घसैनीले बताए ।

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशःपोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ वटा, पूर्वाञ्चल विश्वविद्यालयका तीन वटा, काठमाडौं विश्वविद्यालयका दुई वटा, मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा नेपाली विश्वविद्यालयका कलेज, दुई वटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने छ भने १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने यस मेलामा जम्मा ५१ वटा स्टलहरु रहने युटीसीका एडमिनिसट्रेटिभ एण्ड फाइनान्स डाइरेक्टर प्रकाश ढकालले जानकारी दिए ।

यस वर्षको युनिभर्सल थट कन्सल्टद्वारा आयोजित छैठौं नेपाल व्यवस्थापन तथा आई.टी. शैक्षिक मेला २०७८ को टाइटल स्पोन्सर प्रेसिडेन्टल बिजनेश स्कुलकलेज रहेको छ भने मुख्य स्पोन्सरमा आईआईएमएस कलेज, इनएसोसिएसन विथमा ट्रिनिटी कलेज र किष्ट कलेज साथै मिड भ्याली कलेज, माल्पी कलेज, मेदाभी कलेज, एआइटीएम कलेज, केआइसी कलेज पावर वाइमा तथा मेलाको इभेण्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : ३७ बजे

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार