पत्रकारका नाममा ठग्ने कार्की पक्राउ « Khabarhub

पत्रकारका नाममा ठग्ने कार्की पक्राउ


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफूलाई पत्रकार बताउने एन्जीना कार्की ठगी आरोपमा पक्राउ परेकी छन् ।

सहकारीलाई ब्ल्याकमेलिङ गरेर रकम असुल गरेको आरोपमा कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको जनसेवा वृत्तका एक प्रहरी अधिकृतले खबरहबलाई जानकारी दिए । उनलाई प्रहरी प्रभाग सोह्रखुट्टेमा राखिएको उनले जानकारी दिए ।

जनसेवाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले एन्जिना कार्की कार्कीमाथि सहकारीलगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको जानकारी दिए ।

कार्कीले पत्रकारका नाममा धम्क्याएर रकम मागेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सो ठगी प्रकणमा अरु पनि संलग्न रहेको हुन सक्ने आशंका गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : ०६ बजे

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय

सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएका छौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण