कार्यशैली सुधार गर्छु भनेकाले देउवालाई समर्थन गरेको हुँ : प्रकाशमान « Khabarhub

कार्यशैली सुधार गर्छु भनेकाले देउवालाई समर्थन गरेको हुँ : प्रकाशमान


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको जारी महाधिवेशनका क्रममा सभापतिका उम्मेदवार भएर पहिलो चरणको मतदानबाट बाहिरिएका नेता प्रकाशमान सिंहले सभापतिका उम्मेदपार शेरबहादुर देउवाले कार्यशैली परिवर्तन गर्छु भनेपछि समर्थन गरेको बताएका छन् ।

पहिलो चरणको मतदानबाट बाहिरिएका सिंहले दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गरेपछि उनी र देउवाबीच कुनै सम्झौता भएको हुन सक्ने चर्चा भइरहेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने चर्चा चलिरहेका बेला नेता सिंहले त्यस्तो कुनै सम्झौता नगरेको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘थम चरणको निर्वाचनमा सबैले भन्दा बढि मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ । कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु ।’

देउवाले नेपाली कांग्रेस विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाउँदा देउवासँगै लागेका सिंह पार्टी एकीकरणपछि देउवा समूह त्यागेर कोइराला समूहमा सक्रिय थिए । मंगलबार देउवालाई समर्थन गर्नुअघिसम्म उनले नेतृत्व परिवर्तनको मुद्दा उठाइरहेका थिए । तर, मंगलबार देउवालाई समर्थन गर्ने उनको निर्णयपछि देउवासँग उनले कुनै सम्झौता गरेको हुन सक्ने चर्चा भइरहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : ४० बजे

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी

औषधि आपूर्ति शृङ्खला सुधार्न विभागको ६ बुँदे निर्देशन

 काठमाडौं – औषधि व्यवस्था विभागले मुलुकमा औषधिको आपूर्ति शृङ्खला व्यवस्थित बनाउन तथा

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं- सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक

संसद्‌मा नयाँ विधेयक दर्ता,अब विद्यालयमा राष्ट्रिय दल बनाएर सेनाले तालिम दिने

काठमाडौं– विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेर विद्यार्थीलाई सैन्य तालिम