हेटौँडामा टिपरको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

हेटौँडामा टिपरको ठक्करबाट एक जनाको मृत्यु


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङको जैमिनीका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् । उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । थापाको अवस्था सामान्य छ । टिपर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ९ : ५५ बजे

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते