‘मिसेस नेपाल वर्ल्ड’मा २४ प्रतिष्पर्धी « Khabarhub

‘मिसेस नेपाल वर्ल्ड’मा २४ प्रतिष्पर्धी


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विवाहित महिलाहरूका लागि आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’को फिनालेमा २४ महिलाबीच प्रतिष्पर्धा हुने भएको छ । आगामी पुष १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा हुने ‘वाईवाई मिसेस नेपाल वर्ल्ड’ नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने छ ।

करिब १ महिने प्रशिक्षणपश्चात सम्पन्न हुने प्रतियोगितामा रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानियाँ, जयन्ती राई, बिनिता कुइँकेल, सुमिता लामा, राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ्ग तामाङ्ग, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दिक्षा केसी, पार्वती गिरी, सिर्जना सुबेदी, निरन्जना भेटवाल, समिक्षा कार्की र माला सुनारका साथमा अभिनेत्री उषा रजक पनि सहभागी छिन् ।

रिबन इंटरटेनमेन्टले यस वर्षदेखि ‘मिसेस नेपाल वर्ल्ड’को आधिकारिक फ्रेन्चाईजी प्राप्त गरेसँगै ‘मिसेस नेपाल वर्ल्ड’का रुपमा हुने प्रतियोगिता अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’का नाममा हुनेछ ।

आयोजक रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार ‘मिसेस नेपाल वर्ल्ड’सँगै सोहि स्टेजमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेता पनि चयन गरिनेछ ।

प्रतियोगिताको विजेताले आगामी २०२२ को जनवरीमा अमेरिकाको लसभेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

यो वर्ष ‘मिसेस वर्ल्ड’मा नेपालको पहिलो सहभागिता हुनेछ भने ‘मिसेस इन्टरनेसनल नेपाल’ र ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् । प्रतियोगितामा अश्विनी झाको कोरियोग्राफी रहनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १२ : १८ बजे

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको