हेटौंडामा दुई स्थानमा ट्रकमा आगजनी, बुद्धचोकमा बम फेला | Khabarhub Khabarhub

हेटौंडामा दुई स्थानमा ट्रकमा आगजनी, बुद्धचोकमा बम फेला


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा–नेत्र विक्रम चन्द समुहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । आज यहाँ बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ ।

हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको थिए । आगजनीका कारण मानवीय क्षति भने भएको छैन । त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ ।

त्यस्तै नौ खण्डेमा बास बसेर आज बिहान ४: १५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो । इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारीअनुसार अज्ञात समूहमा आएका तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको र चालक प्रहरी नियन्त्रणमा नै रहेको प्रहरीको जानकारी गराएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ९ : १९ बजे

आजका समाचार : रवि फेरी निलम्बित, डीपीलाई रास्वपाको नेतृत्व र हसिना फर्काउन भारतलाई दबाब

सांसदबाट निलम्बनमा परे रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

अज्ञात समूहले टावरमा क्षति पुर्‍याउँदा हुम्लामा सेवा अवरुद्ध

काठमाडौं– हुम्लामा रहेको नेपाल टेलिकमको बीटीएस टावरमा अज्ञात समूहले अवाञ्छित

‘सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण प्रदेशस्तरबाटै हुनुपर्छ’ 

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी चालक

रवि र जीबीको अस्वभाविक कारोबारलाई बैंकहरूले किन लुकाए ?

काठमाडौं– पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत ठगीमा जोडिएका

एनसेल फाउन्डेसनले एनपीएलको चौकाबापत २६ सय बढी शैक्षिक सामग्री वितरण गर्ने  

काठमाडौं– एनसेल फाउन्डेसनले प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक