‘मिस वर्ल्ड’मा कोरोना कहर « Khabarhub

‘मिस वर्ल्ड’मा कोरोना कहर


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुर्तोरिको(अमर उजाला)– सन् २०२१ को ‘मिस युनिभर्स’ पछि अब सबैको ध्यान ‘मिस वर्ल्ड’ तिर गएको छ । यो विश्वप्रतिष्ठित सौन्दर्य प्रतियोगिताको सबै तयारी सुरु भइसकेको छ । यसपटक प्रतियोगिता डिसेम्बर १७ मा पुर्तो रिकोको सेन जुआनमा हुँदैछ । तर यो प्रतियोगितामा कोरोना भाइरसको बादल मडारिएको छ ।

प्रतियोगितामा सहभागीे १७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा प्रतिभाशाली सुन्दरीहरु छन् । यद्यपि हालसम्म ‘मिस वर्ल्ड २०२१’मा सहभागी कति प्रतियोगी भाइरसको चपेटामा परे भन्ने कसैले बताउन चाहेको छैन ।

पुर्तो रिकोका स्वास्थ्य अधिकारीहरुले कोरोना संक्रमणको पुष्टि गरेका छन् । उनीहरुका अनुसार प्रतियोगितामा सहभागी १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । आयोजकले सातजनालाई आइसोलेट गरिसकेका छन् ।

पुर्तो रिकोका स्वास्थ्य विभाग प्रवक्ता लिसडियन एसीभीडोले संक्रमितको संख्या बढ्दै गएको बताए । उनका अनुसार सबै संक्रमितलाई कोभिड खोप लगाइएको छ ।

‘मिस वर्ल्ड’की अध्यक्ष जुलिया मार्लेले कोरोनाकै कारण कोही प्रतियोगी प्रतियोगितामा सहभागी हुन नसके पनि उनीहरु ताज जित्न योग्य हुने बताइन् । प्रतियोगिताका निर्णायक मण्डल अन्तिम निर्णय लिनु अघि पहिले नै रेकर्ड गरिएको भिडियो सामाग्रीको समीक्षा गर्नेछन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ८ : ५४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना