एमाले सल्लाहकार परिषद् सदस्य बनाइएकोमा भीम रावलको आपत्ती « Khabarhub

एमाले सल्लाहकार परिषद् सदस्य बनाइएकोमा भीम रावलको आपत्ती


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको सल्लाहकार परिषद्को सदस्य बनाएकोमा निवर्तमान उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा रावलले टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने भन्दै आपत्ती जनाएका छन् ।

उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

एमालेको दशौं महाधिवेशनमा उनले अध्यक्ष पदको लागि केपी शर्मा ओलीविरूद्ध उम्मेदवारी दिएका थिए । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्था नै अनैतिक भएको रावलले बताउँदै आएका छन् ।

रावललाई तत्काललाई सल्लाहकारमा राखिएको र थप जिम्मेवारी अध्यक्षको सल्लाहमा हुने महासचिव शङ्कर पोखरेलले बताएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १ : ५५ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट