शिक्षकलाई कोरोना संक्रमणपछि एक साता विद्यालय बन्द « Khabarhub

शिक्षकलाई कोरोना संक्रमणपछि एक साता विद्यालय बन्द


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- पाख्रिबास नगरपालिका-५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकलाई कोभिड-१९ संक्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ।

विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ।

विद्यालयमा कार्यरत ति शिक्षकको कोभिड-१९ परिक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए। पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा छन् । विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड संक्रमणको आशंका गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए ।

१० पुसपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुन: बैठक बसेर निर्णय गर्ने  रिमालले जानकारी दिए।

यता, पाख्रिबास नगरपालिकाले भने कोभिड- १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख वृषबहादुर राईले कोभिडको आशंका लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ३ : ५९ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन