भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप « Khabarhub

भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिइन् । उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ ।

यस्तै खोप लगाउनेमा वाग्मती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत, लुम्बनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएका छन् । ती जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म सञ्चालन गर्नेछ ।

यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सोही अवसरमा मन्त्रालयले सञ्चालन गर्दैछ ।

यस्तै मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ । ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ५ : ३५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम