एउटै ढुंगामा ८० फिट उचाईँको बुद्धको मूर्ति, लागत पाँच करोड « Khabarhub

एउटै ढुंगामा ८० फिट उचाईँको बुद्धको मूर्ति, लागत पाँच करोड


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ७ भोटेनाम्लाङ्गमा एउटै ढुंगामा ८० फिट उचाईँको बुद्वको मूर्ति निर्माण गरिने भएको छ ।

पाँचपोखरी गाउँपालिका, बागमती प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभागको ५ करोड लागतमा मूर्ति स्थापना गरिन लागिएको हो । एउटै प्राकृतिक ढुंगामा कलाकारले बुद्धको आकृतिको मूर्ति निर्माण गर्ने छन् ।

ठूलो ढुंगासहित पालिकाभित्र रहेको पाचँपोखरी, हबेली, ड्रागन गुफा, नागिथाम डाँडा लगायत पर्यटकीय स्थलको प्रचारप्रसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन बुद्ध मूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।

मूर्ति दुई वर्षसम्म निर्माण गरिनेछ । ढुंगामा मूर्ति कोर्न मात्रै २ करोड लाग्ने आँकलन गरिएको लामाले बताए । ८० फिटको मूर्ति वरपर कन्फरेन्स हल, रेष्टुरेन्ट, गुफा, मेडिटेसन गर्ने स्थान तथा सानासाना मूर्ति रहने छन् ।

मूर्तिको शनिबार एमाले नेता शेरबहादुर तामाङले शिलान्यास गरेका हुन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : २९ बजे

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक