१६ सय मतगणना हुँदा शशांक एक नम्बरमै (९९ जनाकै मतपरिणामसहित) « Khabarhub

१६ सय मतगणना हुँदा शशांक एक नम्बरमै (९९ जनाकै मतपरिणामसहित)


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्यको मतगणना जारी छ । निकै ढिलो भइरहेको गणनामा हालसम्म १५८९ मत गणना भएको छ । शनिबार बिहान ११ बजे गणना सुरु भएको थियो । पछिल्लो मतपरिणाम अनुसार निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनले १३१३ मत पाएका छन् । यस्तै दोस्रो नम्बरमा १०२२ मतसहित एनपी साउद छन् ।

अजयबाबु सिवाकोटी ५७५ मतसहित ३५ औँ नम्बमा छन् । ३५ नम्बर भित्र अधिकांश सभापति शेरबहादुर देउवा प्यानलका छन् । कोइराला प्यानलका केही पुराना नेताहरु पनि ३५ भित्रै छन् । तर, देउवा प्यानलमा रहेका युवा नेताहरु भने ३५ भित्रै अटाएका छन् । जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले र राजीव ढुंगानालागयतका युवा नेताहरु ३५ भित्र छन् ।

तर, ४६८१ मत खसेकाले अहिले नै अन्तिम परिणाम कस्तो आउँछ भन्ने आकलन गर्न कठिन छ । करिब १००० मत गणना हुँदा ७० नम्बरमा रहेका राजीव ढुंगना १६ सय मत गणना हुँदा २६ औँमा आइपुगेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : ५६ बजे

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का

बनेपा– सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया : सडक पुल पहिलो प्राथमिकतामा

सियोल– उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड सहयोग

काठमाडौं– भोटेकोशी बाढीपीडितलाई युनिलिभर नेपाल लिमिटेडले राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप