ब्राजिलको जेलमा हिंसा मच्चिँदा १५ जनाको मृत्यु « Khabarhub

ब्राजिलको जेलमा हिंसा मच्चिँदा १५ जनाको मृत्यु


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल– ब्राजिलमा जेलमा हिंसा मच्चिँदा कम्तीमा १५ जनाको ज्यान गएको छ ।

ब्राजिलको अमेजोनास राज्यमा रहेको जेलमा हिंसा मच्चेको हो । हिंसाका क्रममा अरु दर्जनौं घाइते भएका छन् ।

कैदीहरुले एकअर्काविरुद्ध चक्कु र अन्य घरेलु तथा साना हतियारले आक्रमण गरेको अधिकारीले जनाएका छन् । हिंसा मच्चिनुको कारणबारे अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

ब्राजिलका अधिकांश जेलमा क्षमताभन्दा धेरै दोब्बर कैदी रहेको तथा विभिन्न आपराधिक ग्याङ्गबीचको आपसी दुश्मनीका कारण बेलाबेला हिंसा मच्चिने गरेको छ ।

त्यस्तै कैदीहरुले गार्डमाथि हिंसात्मक आक्रमण गरी जेलबाट भाग्ने प्रयास पनि हुने गरेको छ । ब्राजिलका जेललाई संसारकै सबैभन्दा असुरक्षित मानिन्छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १ : १० बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)