एप्रिलालाई ‘मिस मंगोल नेपाल–२०२१’को उपाधि « Khabarhub

एप्रिलालाई ‘मिस मंगोल नेपाल–२०२१’को उपाधि


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस मंगोल नेपाल–२०२१’को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जितेकी छन् । लामाले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ र बैंकक टुर प्याकेज पुरस्कार पाएकी छन् ।

प्रतियोगितामा ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बु मादेन ‘फस्ट रनर अप’ र ललितपुरकी २१ वर्षीया विभिषिका श्रेष्ठ ‘सेकेन्ड रनर अप’ घोषित भए । दुवैले चार दिनको बैंकक टुर प्याकेज प्राप्त गरेका छन् ।

रिडी ग्रुपको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा काठमाडौंकी प्रदिका महर्जन ‘मिस मंगोल बागमती’, रौतहटकी चन्द्रकुमारी सारुमगर ‘मिस मंगोल प्रदेश २’, पाँचथरकी शान्ता योङहाङ ‘मिस मंगोल प्रदेश १’ घोषित भए ।

प्रतियोगितामा खोटाङकी सान्तवना राई ‘मिस ट्यालेन्ट’, ललितपुरकी समिता बज्राचार्य ‘कल्चरल एम्बासडर’ र सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पा ‘मिस फोटोजेनिक’ एवं ‘मिस लिडरसिप’ घोषित भए ।

कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, रिडी ग्रुपका निर्देशक डीबी आले, स्काई ग्रुप अफ कम्पनीका अध्यक्ष राजन श्रेष्ठ, प्राज्ञ संगीतकार शान्तिराम राई, पूर्वएसएसपी दीपक रञ्जित, मनोविज्ञ अजेलिया रञ्जितकार, ‘मिस मंगोल नेपाल २०१४’ डा. एनिस्ता गुरुङ, ‘मिस मंगोल नेपाल २०१८’ जाङमु शेर्पा, म्युजिक भिडियो निर्देशक विज्ञान राई सम्मिलित निर्णायक रहेका थिए ।

यसपटक प्रतियोगितामा १३ जिल्लाका २२ प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको यो १२औँ संस्करण हो ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १ : ०६ बजे

लुम्बिनीविरुद्ध विराटनगरलाई दोस्रो बलमै धक्का, आउट भए जर्ज

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा

लुम्बिनीले टस जितेर विराटनगरविरुद्ध पहिले फिल्डिङ्ग गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ : लुम्बिनी लायन्सले टस

महानिर्देशक अधिकारीलाई पुर्‍याइयो विशेष अदालत, १३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयनका प्राधिकरणका महानिर्देशक

पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

लेखनाथ– बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश

महोत्तरीमा कोदोखेतीको क्षेत्रफल बढ्दै

महोत्तरी– पछिल्ला केही वर्षयता जिल्लामा कोदोखेतीको क्षेत्रफल बढ्दै गएको छ