धितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिमा ढिलाइ | Khabarhub Khabarhub

धितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिमा ढिलाइ


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकमा तरलता अभावका कारण सेयर बजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने नेतृत्वविहीन छन् ।

नेपाल धितोपत्र बोर्ड (सेवन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख पद रिक्त रहेको तीन महिना भइसक्दा पनि नयाँ नियुक्ति हुन सकेको छैन ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका थिए भने सेवनका अध्यक्ष भिष्मराज ढुंगानालाई भने अर्थ मन्त्रालयले बर्खास्ती गरेको हो ।

नेप्से सिईओ साउदले ८ भदौमा राजीनामा दिएका थिए । त्यसपछि ११ असोजमा मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष ढुंगानाले राजीनामा दिएका थिए ।

अर्थ मन्त्रालयले सेवनको अध्यक्ष नियुक्तिका लागि ११ कात्तिकमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन मागेको थियो । तर मन्त्रालयले छनोट प्रक्रिया भने अघि बढाएको छैन ।

यसैगरी नेप्सेको सिईओ नियुक्तिका लागि भने कुनै प्रक्रिया नै सुरु हुन सकेको छैन । बोर्ड नेतृत्वविहीन हुँदा कम्पनीहरूको सेयर निष्कासन स्वीकृति समेत रोकिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : २० बजे

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं – नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना