नेपाली एथलेटिक्सको दौड बेलायतमा हुने « Khabarhub

नेपाली एथलेटिक्सको दौड बेलायतमा हुने


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन -शारीरिक तन्दुरुस्ती तथा दौडलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलायतमा दौड प्रतियोगिता हुने भएको छ ।

नेपाल बाहिर दर्ता भएको नेपाली एथलेटिक्स क्लब ‘नेपाल रन’ को संयोजन तथा पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रवर्द्धन गर्दै आएको पोखरेली मञ्चको आयोजनामा नेपाली नयाँ वर्ष २०७९ (१६ एप्रिल २०२२) का अवसरमा दौड हुन लागेको हो ।

बेलायत लगायत विश्वभर दौडलाई खेलकुदको माध्यमको रूपमा मात्र नभएर शारीरिक तन्दुरुस्ती र समाजसेवाको माध्यमको रूपमा हेर्ने गरिएको छ। प्रविधिसँग़ै बढ़दो निस्क्रिय जीवन शैलीलाई शारीरिक तन्दुरुस्तीका माध्यमबाट समुदायलाई स्वस्थ राख्ने उद्देश्यले दौड संस्कृति प्रवर्द्धनमा लागेको र यस कार्यक्रमबाट समुदायमा शारीरिक तन्दुरुस्तीबारे चेतना फैलाउने उद्देश्य रहेको नेपाल रन क्लबका संयोजक एवं धरान रन तथा नेवा च्यारिटीका संस्थापक संतोस राईले बताए ।

कार्यक्रम मार्फत जुटेको सहयोग राशीले पोखरा र धरानमा हरेक वर्ष आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन र धरान रनलाई सहयोग गरिने पोखरेली मञ्च युकेका अध्यक्ष मनप्रसाद गुरुङले बताए ।

बेजिङ्स्टकमा आयोजना हुने उक्त कार्यक्रममा स्थानीय बेजिङ्गस्टक नेपाली समाजका अध्यक्ष ओम गुरुङ र बेजिङ्गस्टक तमु समाजका संयाेजक दुर्गा गुरुङले स्थानीय समुदायले भरपुर सहयोग गर्ने जानकारी दिए ।

आगामी अप्रिलमा हुने उक्त कार्यक्रममा पोखरेली मञ्चले गैरआवासिय नेपाली संघकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई संयोजक तोकेको छ भने मिस नेपाल युके टेनिसा रानालाई कार्यक्रमको सहसंयोजकको जिम्मेवारी दिएको छ । कार्यक्रमको प्राविधिक पक्षको संयोजन नेपाल रनले गर्ने बताइएको छ ।

कार्यक्रमले नेपाली समुदायको गरिमा बढाउने, देशको बहुआयामिक क्षेत्रको प्रवर्द्धन गर्ने, समाज सेवा लगायत नयाँ पुस्तालाई पनि सकारात्मक सन्देश दिने साथै बहुआयामिक रुपमा उपयोगी हुने भएकोले बेलायतस्थित नेपाली समुदाय, नेपाललाई माया गर्ने बेलायती समुदाय, बेलायतस्थित संघसंस्थालाई सहभागिता र सहयोगको अपेक्षा राखिएको संयोजक पुनम गुरुङले जानकारी दिइन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : ३९ बजे

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको