एमालेको विरोधकाबीच दुई अध्यादेश बहुमतले स्वीकृत, संसदको अर्को बैठक बुधबार (भिडियोसहित) | Khabarhub Khabarhub

एमालेको विरोधकाबीच दुई अध्यादेश बहुमतले स्वीकृत, संसदको अर्को बैठक बुधबार (भिडियोसहित)


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच प्रतिनिधिसभाको बैठकमा दुई अध्यादेश स्वीकृत भएका छन् ।

एमालेले बैठक अवरूद्ध कायमै राखे पनि आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गरेकामा त्यसलाई बहुमतले स्वीकृत गरेको हो ।

यौनहिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई बहुमतले स्वीकृति भएको हो ।

एमालेले अवरूद्ध गरेको बैठकमा नेमकिपाका सांसद् प्रेम सुवालले विरोध जनाएका थिए । एमाले र नेमकिपाको विरोधकाबीच दुबै अध्यादेश बहुमतले स्वीकृत भएको हो ।

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउन आग्रह गरे पनि एमाले सांसदले त्यसलाई वेवास्ता गर्दै नारावाजी गरेपछि संसद बैठक पुष ७ (बुधबार)गते सम्मका लागि स्थगित भएको छ ।

नेकपा (एमाले) ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ४७ बजे

जेन-जी र सरकारसँगको बैठकमा एमालेले पठाएन शीर्ष नेता, महेश बर्तौला र क्षितिज थेबे सहभागी

काठमाडौं- सरकारले बुधबार बालुवाटारमा गरेको त्रिपक्षीय वार्तामा नेकपा एमालेबाट शीर्ष

बालुवाटारभित्र त्रिपक्षीय बैठक, बाहिर धर्ना (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा आफूहरूलाई सहभागी नगराएको भन्दै

सरकार, राजनीतिक दल र जेन-जीबीच बालुवाटारमा छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकार, राजनीतिक दल र जेन-जीहरूबीच वार्ता सुरु भएको छ

निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुन्छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको

ट्रंकलाइन विवाद : संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको