कांग्रेस महाधिवेशन : अन्तिम परिणाम आज साँझसम्म आउने « Khabarhub

कांग्रेस महाधिवेशन : अन्तिम परिणाम आज साँझसम्म आउने


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत २७ मंसिरमा भएको निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भइसकेको छ ।

यो समाचार तयार पार्दासम्म १२६ पदको नतिजा सार्वजनिक भइसकेको छ। अन्य तीन क्लस्टरको अन्तिम नतिजा साँझसम्म सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

यो परिणामले देउवा प्यानलबाट दुई तिहाइभन्दा बढी उम्मेदवारहरुको केन्द्रीय समितिमा निर्वाचित भएका छन् । पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा देउवा प्यानलको वर्चश्व देखिएको छ ।

कांग्रेसमा १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो । महाधिवेशनको उद्घाटन २४ मंसिरमा भएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : ३२ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको