मुक्तिनाथ विकास बैंकको उत्कृष्ट बचत खातामा दुर्घटना बीमा, मासिक ब्याजसहित अन्य नि:शुल्क सुविधा « Khabarhub

मुक्तिनाथ विकास बैंकको उत्कृष्ट बचत खातामा दुर्घटना बीमा, मासिक ब्याजसहित अन्य नि:शुल्क सुविधा


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई लाभदायी बचत खाताको सुविधा ल्याएको जनाएको छ । यो योजनाअन्तर्गत ग्राहकले सर्वाधिक ब्याजदर प्राप्त गर्नेछन् भने दश लाखको दुर्घटना मृत्यु तथा अशक्तता बीमा सुविधा भएको मासिक ब्याज आर्जन गर्नेछन् ।

बैंकका अनुसार यो योजनाअन्तर्गत रु १० हजारको न्यूनतम मौज्दातमा ग्राहकले उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् ।

यस बचत खातामा ग्राहकले वार्षिक ५.५० प्रतिशतका दरले मासिक रुपमा ब्याज पाउने बैंकले जनाएको छ । साथै बैंकले एक वर्षसम्म निःशुल्क भिसा डेबिड कार्ड र हरेक वर्ष मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।

यसबाट ग्राहकले ठूलो लाभ लिनसक्ने बैंकले जनाएको छ ।

साथै एटीएम कार्डको प्रयोग गरी नेपालभरका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रुपमा रकम निकाल्न सकिने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  २ : ४२ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला