चोरीको मोटरसाइलसहित २ जना पक्राउ « Khabarhub

चोरीको मोटरसाइलसहित २ जना पक्राउ


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको लामबगरबाट चोरीको मोटरसाइकल सहितदुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाई राखेको अवस्थामा प्रदेश ३–०२–०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सीसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका ३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ को पारस तामाङ्ग र धादिङ नेत्रावती डब्जोङ गाउँपालिका १ घर भई लामबगर बस्दै आएको वर्ष २२ को बुद्धि बहादुर तामाङ्ग रहेको महाशाखाले जनाएको छ ।

उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट गत मंसिरमा हराएको भनी काठमाडौँ तारकेश्वर नगरपालिका ८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

मोटरसाइकल सहित पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बालाजुमा पठाइएको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : ५० बजे

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी

काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

आईपीएल : कोलकाता र मुम्बईबीचको खेल वर्षाले रोकियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौं – सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको