सेन्ट्रल जोन : नेपाली महिला टोली श्रीलंका र पुरुष टोली बंगलादेशसँग भिड्दै « Khabarhub

सेन्ट्रल जोन : नेपाली महिला टोली श्रीलंका र पुरुष टोली बंगलादेशसँग भिड्दै


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप आजबाट बंगलादेशमा सुरु हुँदैछ ।

नेपालको महिला टोलीले पहिलो खेलमा आज बिहान सवा ११ बजे श्रीलंकाको सामना गर्दैछ। महिलातर्फ बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष टोलीले बेलुकी पौने ५ बजे आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

यस पटक प्रतियोगितामा दुबैतर्फ ६-६ टोलीले सहभागीता जनाएका छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ८ : ४७ बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा