जाडोमा छाला कसरी जोगाउने ? « Khabarhub

जाडोमा छाला कसरी जोगाउने ?


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो महिनाको वातावरणमा मोइस्चर कम हुने र हावा सुख्खा हुने भएकाले छालामा विभिन्न समस्या देखिन सक्छन् । जाडोमा चिसोले नाक रातो हुने, कपालमा चाया पर्ने, आँखी भौँमा कत्ला आउने लगायत समस्या देखा पर्दछ । यसका साथै छाला सुख्खा हुने, हातखुट्टामा कत्ला पर्ने, चिलाउने, छाला रातो हुने लगायत समस्या आउन देखिन सक्छन् ।

कतिपय अवस्थामा लुतो पनि देखिन्छ । लुतो आउँदा औँलाका काप र पेटमा राति चिलाउने गर्छ । चिसोको प्रभावले हात खुट्टा सुन्निने, छाला रातो हुने, झमझमाउने, खुट्टा फुट्ने लगायत समस्या देखिन्छन् । यसका लागि मानिसले अनेकौं उत्पादनको प्रयोग गर्दछ । तर जाडोमा छालामा हुने समस्याबाट कसरी जागिने त ?

– धेरै तातो वा चिसो पानीले छालालाई असर गर्छ त्यसैले नुहाउन वा मुख धुन मनतातो पानीको प्रयोग गर्ने ।

– नुहाउँदा ५ देखि १० मिनेटसम्म नुहाउने अनि मोस्चराइजर क्रिमको प्रयोग गर्ने ।

– साबुनले छालालाई सुख्खा बनाउँछ त्यसैले मोस्चराइज हुने साबुन मात्र प्रयोग गर्ने ।

– छालालाई मुलायम राख्न भिटामिन ‘ई’ भएको क्रिम वा लोसनको नियमित प्रयोग गर्ने ।

– इलेक्ट्रिक हिटरको तापले छालालाई सुख्खा बनाउँछ त्यसैले धेरै समय हिटरको छेउमा नबस्ने ।

– घाममा धेरैबेर बस्दा घामको अत्यधिक रेडिएसनले छालाको क्यान्सर हुन सक्छ ।

– घाममा निस्किँदा सनस्क्रिनको प्रयोग गरेर मात्र निस्कने गर्नु पर्दछ ।

– बाक्लो, न्यानो र सफा कपडा मात्र लगाउने ।

– हातखुट्टामा बाक्लो पञ्जा र मोजाको प्रयोग गर्ने ।

– राति सुत्नु अघि सधैँ फेसवासले मुख धुने ।

– छालामा अन्य समस्या देखा परे तुरुन्त चिकित्सकको सल्लाह लिने ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : १९ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले