कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख नाघ्यो, एकैदिनमा साढे ९ लाख थपिए « Khabarhub

कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख नाघ्यो, एकैदिनमा साढे ९ लाख थपिए

अमेरिकामा २४ घण्टामा साढे २ लाख संक्रमित


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोना संक्र्रमणका कारण मृत्यु हुनेको संख्या ५४ लाख पुगेको छ ।

ओल्डोमिटरको विवरणअनुसार आज (शुक्रबार) बिहानसम्म मृतकको संख्या ५४ लाख १४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ६ हजार ४२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा र रुसमा मात्र दैनिक मृत्यु हुनेको संख्या एक हजारको हाराहारीमा रहेको छ ।

कुन देशमा कति थपिए?

पछिल्लो एक दिनमा मात्र विश्वभर ९ लाख ४७ हजार २१७ जना कोराना संक्रमित थपिएका छन् । अमेरिकामा मात्र २ लाख ५० हजार ५८८ जनामा संक्रमण पुष्टि भएको छ ।

बेलायतमा एक लाख १९ हजार ७८९, फ्रान्समा ९१ हजार ६०८, स्पेनमा ७२ हजार ९१२, इटलीमा ४४ हजार ५९५, जर्मनीमा ३९ हजार १९६, रुसमा २५ हजार ६६७, साउथ अफ्रिकामा २१ हजार १५६ र टर्कीमा १८ हजार ७७१ जनामा संक्रमण पहिचान भएको हो ।

विश्वभर कोरोना संक्रमितको संख्या २७ करोड ८४ लाख ७० हजार ३६८ पुगेको छ भने तीमध्ये २४ करोड ९१ लाख ३५ हजार ६०६ जना निको भएका छन् ।

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : ३३ बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार