नेपाली महिला टोली माल्दिभ्ससँग र पुरुष उज्वेकिस्तानसँग खेल्दै « Khabarhub

नेपाली महिला टोली माल्दिभ्ससँग र पुरुष उज्वेकिस्तानसँग खेल्दै


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन सेन्ट्रल जोनमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज (शुक्रबार) माल्दिभ्सविरुद्ध खेल्दैछ ।

बिहीबारदेखि बंगलादेशको ढाकामा जारी प्रतियोगितामा बिहान सवा ११ बजे माल्दिभ्सविरुद्व नेपाली टोलीले आज उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक जगदिश भट्टले बताएका छन् । महिला टोलीले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो ।

आजै हुने पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानविरुद्व पहिलो जितको खोजीमा हुनेछ । खेल साँझ पौने ६ बजे सुरु हुनेछ ।

प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको पुरुष टोली बिहिवार आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शिर्ष दुई टोलिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : ०० बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा