तालीवानी आक्रमणमा १० सैनिकसहित १४ जना मारिए « Khabarhub

तालीवानी आक्रमणमा १० सैनिकसहित १४ जना मारिए


१३ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– अफगानिस्तानमा भएको बम विष्फोटमा कम्तीमा १० सुरक्षाकर्मीको ज्यान गएको छ ।

पश्चिम अफगानिस्तानको फराह प्रान्तमा सडक छेउ राखिएको बम विष्फोट हुँदा उनीहरुको ज्यान गएको अधिकारीले जनाएका छन् । तलब बुझेर बख्तरबन्द गाडीमा फर्किँदै गरेका सुरक्षाकर्मीलाई लक्षित गरी बम विष्फोट भएको जनाइएको छ ।

आक्रमणको जिम्मा अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले लिएको छ । त्यसबाहेक तालिबानले मुलुकका विभिन्न स्थानमा गरेका आक्रमणमा ४ प्रहरीको ज्यान गएको अधिकारीले जनाएका छन् ।

तालिबानको आक्रमणमा अन्य २२ जना घाइते भएका छन् । तालिबान लडाकुले पछिल्ला केही समययता सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  ४ : ४१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण