सरकारले दियो क्रिसमस डेमा सार्वजनिक विदा « Khabarhub

सरकारले दियो क्रिसमस डेमा सार्वजनिक विदा


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इसाई धर्मका संस्थापक येशु ख्रीस्टको जन्मदिनको सम्झनामा मनाइने क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।

क्रिसमस डे शनिबार विश्वभर मनाइँदैछ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा १० पुस अर्थात भोलि शनिबार सार्वजनिक विदा दिइएको जानकारी दिए ।

बैठकले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र रोडी गाउँपालिकाको नाममा जिल्लासभा रुपन्देहीको जग्गा हस्तान्तरण गर्न स्वीकृत दिने, हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने, वैदेशिक द्रुत डार्क सेवा, इएमएस महसुल पुनरावलोकन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : ३० बजे

बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान

बारा – बारामा बिहीबार सम्पन्न निर्वाचनपछि आजै रातिबाट मतगणना सुरु

टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य

काठमाडौं – आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले आक्रामक ब्याटिङ

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा

काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै

सर्लाहीमा यसरी गरिँदै छ मतपेटिका संकलन (तस्बिरहरू)

सर्लाही – सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन

नेपालमा शान्तिपूर्ण निर्वाचन भएको भन्दै अमेरिकाले दियो बधाई

काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै